Lower Erkhuwa Hydropower Project (14.15 MW)

Sunday - Friday : 10:00 AM to 5:00 Pm

News & Events

Bank Loan

तल्लो इर्खुवाको सुरुङ ‘ब्रेक थ्रु’, पुसभित्र उत्पादन सुरु गर्ने लक्ष्य


काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडकाे लगानी रहेको तल्लो इर्खुवा खोला हाइड्रो पावर कम्पनी प्रालिले भोजपुरमा निर्माण गरिरहेको १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचो गाउँपालिकामा संरचना रहने गरी निर्माणाधीन आयोजनाको २४०० मिटर लामो सुरुङ काम सकिएको हो ।

सफलतापूर्वक आयोजनाको मुख्य सुरुङ चैत १७ गते (शुक्रबार) बिहान २ बजे छेडिएको (ब्रेक थ्रु) कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । अब, सुरुङ ढलानको काम सुरु हुनेछ ।

आयोजनाको सिभिल संरचना निर्माणको काम करिब ७५ प्रतिशत पूरा भएको छ । यस्तै, विद्युतीय मेसिन तथा उपकरणहरू ठेक्का सम्झौता भई तथा हाइड्रो मेकानिकल उपकरण सम्बन्धि काम पनि तिव्र गतिमा अघि बढेको छ ।

आयोजनाको सिभिल संरचनामध्ये बाँध, बालुवा थिग्राउने ट्याङ्की, पेनस्टक पाइपको सर्पोट र एङ्कर ब्लक, विद्युतगृह, स्वीचयार्ड आदीको काम अनिल मल्ट्बिगाले थापबिएनटी जेभीले गरिरहेको छ ।

यस्तै, इलेक्ट्रो मेकानिकल उपकरणको डिजाइन, उत्पादन, ढुवानी, जडान तथा परीक्षणको लागि अन्तराष्ट्रिय प्रतिस्पर्धामा चिनियाँ कम्पनी चोङक्विङ वाटर टर्वाइन वक्र्स (सिडब्लुटीडब्लु) ले गरिरहेको छ ।

आयोजनाको सबै काम सम्पन्न गरी आगामी २०८० पुसभित्र उत्पादन सुरु गर्ने तालिका छ । यसअघि आयोजनाबाट २०७९ सालभित्र विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि कोरोना महामारीका कारण सरकारले एक वर्ष समयअवधि थप गरेको हो ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत २२० केभी शितलपाटी सबस्टेसनमा जोड्ने योजना भएपनि शितलपाटी सबस्टेसन निर्माण सम्पन्न गर्न समय लाग्ने भएकोले वैकल्पिक रुपमा जोड्नका लागि लाइनको व्यवस्थाको काम भइरहेको पनि कम्पनीले जनाएको छ । शितलपाटी सबस्टेसन तयार नभएसम्म आयोजनाको विद्युत १६ किलोमिटर दुरीमा रहेको तुम्लिङटार सबस्टेसनमा जोडिनेछ ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कोभिड–१९ लगायतका कारण आयोजनाको उत्पादन तालिका प्रभावित हुँदा लागत करिब २० प्रतिशतले बढ्ने पाण्डेले बताए ।

आयोजनाको लगानी बैंकको ऋण तथा स्वपुँजी लगानीबाट जुटाइएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल एसबिआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । ७१ करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

आयोजनाको मुख्य प्रवद्र्वक नेशनल हाइड्रोले १८ वर्षदेखि सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो निर्माण गरी सञ्चालन गरिरहेको छ । नेशनल हाइड्रोले सिन्धुपाल्चोकमै ४.५ मेगावाटको तल्लो इन्द्रावतीको अनुमति पाएको छ । इन्द्रावती तेस्रो निर्माण गर्न बैंकहरूसँग लिएको ऋण भने कम्पनीले २०७४ सालमै चुक्ता गरिसकेको छ ।

आयोजना थप विवरण

आयोजनाको नाम : तल्लो इर्खुवा
प्रवर्द्धक : तल्लो इर्खुवा खोला हाइड्रो पावर कम्पनी प्रालि
निर्माणाधीन स्थल : भोजपुर (षडानन्द नगरपालिका र साल्पा सिलिचो गाउँपालिका)
क्षमता : १४.१४ मेगावाट
वार्षिक ऊर्जा उत्पादन : ७९.७९ गिगावाट घन्टा
बर्खायाममा : ६७.११ गिगावाट घन्टा
हिउँदयाम : १२.६८ गिगावाट घन्टा
ठेकदार : सिभिल, अनिल मल्ट्बिगाले थापबिएनटी जेभीले
इलेक्ट्रोमेकानिल : चोङक्विङ वाटर टर्वाइन वर्स (सिडब्लुटीडब्लु)
सुरुङ : २४९१ मिटर
लागत : २ अर्ब ४३ करोड रुपैयाँ
लगानीकर्ता वित्तिय संस्थाहरू : माछापुच्छ्रे बैंक, नेपाल एसबिआई बैंक, ज्योति विकास बैंक
ऋण लगानी : १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी
स्वपूँजी : ७१ करोड रुपैयाँ
सुरुको व्यापारीक उत्पादन तालिका : २०७९ भित्र, संशोधित ः २०८० साउनभित्र
सुरुको विद्युत जोडिने सबस्टेन : शितलपाटी
वैकिल्पक : तुम्लिङटार
प्रसारण लाइन : १६ किलोमिटर