Lower Erkhuwa Hydropower Project (14.15 MW)

Sunday - Friday : 10:00 AM to 5:00 Pm

News & Events

Bank Loan

तल्लो इर्खुवाखोला जलविद्युत आयोजनाले माछापुच्छ्रे बैंकबाट १६८ करोड ऋण लिने ।

काठमाडौं । तल्लो इर्खुवा हाइड्रोपावर लिमिटेडले १४ मेगावाटको इर्खुवा जलविद्युत आयोजना बनाउन लगानी जुटाएको छ । माछापुच्छे बैंकको अगुवाइमा १ अर्ब ६८ करोड ९२ लाख रुपैयाँ ऋण लगानी हुने भएको छ ।

बैंकसंग ट्रमसिट भइसकेको र साधारणसभाबाट अनुमोदन गरेपछि औपचारिक रुपमा ऋण लिने काम सुरु हुने कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । उनले आयोजनाको काम अघि बढाउने बताए । बैंकबाट लिने ऋण स्वीकृतिका लागि पुस २८ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।