Lower Erkhuwa Hydropower Project (14.15 MW)

Sunday - Friday : 10:00 AM to 5:00 Pm

News & Events

Bank Loan

तल्लो इर्खुवा खोला जलविद्युत् आयोजना बनाउन ३ बैंकको लगानी, दुई वर्षमा बिजुली बल्ने ।

काठमाडौं । भोजपुरमा निर्माण हुन लागेको तल्लो इर्खुवाखोला जलविद्युत् आयोजना निर्माणका लागि तीनवटा बैंकले लगानी गर्ने भएका छन् ।

बैंक लिमिटेडको अगुवाईमा नेपाल एसबीआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार भएको लगानीसम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष कुमार पाण्डे र माछापुछ्रे बैंकका पूर्वाधार लगानी प्रमुख विनितचन्द्र झाले हस्ताक्षर गरेका हुन् ।

आयोजनामा ३ बैंकबाट १ अर्ब ७२ करोड रुपैयाँ ऋण र प्रवद्र्धकहरूबाट ७१ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ । स्वपुँजी लगानीकर्तामा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड मुख्य छ । आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भने १३ मेगावाटमा टेक अर पे (लिउ या तिर) प्रावधानमा भएको पाण्डेले बताए ।

२०७९ सालभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाबाट वार्षिक ७ करोड ५१ लाख युनिट बिजुली उत्पादन हुनेछ । यसबाट वार्षिक ४३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७८/७९ भित्र करिब १५ करोड रुपैयाँबराबरको साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीको योजना छ ।

हाल आयोजनास्थलमा पहुँचमार्ग निर्माण, जग्गाप्राप्ति लगायतका काम भइरहेको छ । बाँधदेखि विद्युतगृहसम्म पानी ल्याउन निर्माण हुने २५ सय मिटर सुरुङमध्ये हालसम्म ८१० मिटर खनिसकिएको छ ।

२ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि विद्युत् प्राधिकरणको शीतलपाटी सबस्टेसनमा जोडिनेछ । कुल लागतको आधारमा आयोजना प्रतिमेगावाट १८.५० करोडमा पूरा हुने अनुमान गरिएको छ । कम्पनीका अनुसार बैंकहरूसँग लिएको ऋण आयोजनाबाट विद्युत् उत्पादन भएको १२ वर्षभित्र तिरिसक्ने लक्ष्य छ ।